Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० औं राष्ट्रिय पोशाक एवं टोपी दिवसमा काठमाडौंमा र्‍याली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 5K
    SHARES

काठमाडाैं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित आज आइतबार १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।

आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर याे दिवस मनाइएको हो । सोही अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्याली समेत गरिएको छ ।

उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवर्धनका लागि दिवस मनाउनु परेको बताए । कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताउनुभयो । उहाँले विश्वामा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताउनुभयो ।

उहाँले पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईले नेपालको मौलिकतालाई बचाइ राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय पोशाक दिवसलाई विश्वमा रहेका नेपालीहरुले यो दिवस मनाइरहँदा नेपाली पहिचान बढ्दै जाने कार्यक्रममा सहभागीहरुले बताएका छन् । युवा पुस्तामा अहिले पनि नेपाली पोशाक लगाउँदा लजाउने गरेका कारण यसलाई लाज मानेर अघि बढ्न नहुने उनीहरूले बताएका छन् ।

उनीहरुले अघिल्लो पुस्ताले नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न नसक्दा अहिले नेपालको पहिचान गुम्दै गएको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४