Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीका रोडा ढुंगा अवैध रूपमा भारततर्फ चाेरी निकासी हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । सरकार परिवर्तनकाे मौका छोपेर सिन्धुलीमा कमलानदी आसपासका चुरेभावर क्षेत्र, सर्लाही र महोत्तरीबाट नदीजन्य रोडा ढुंगाहरू भारततर्फ चोरी निकासी भएकाे छ ।

साँझ र रातिको समयमा चुरेभावर क्षेत्रका चोर बाटोबाट रोडा ढुंगाको अवैध रूपमा कारोबार गर्ने मानिसहरुले विकास निर्माणको कामको लागि भन्दै सर्लाही र महोत्तरी हुँदै भारतीय सीमा क्षेत्रमा पुर्याउने गरेका हुन् । केही समय यता सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही लगायतका जिल्लाहरुका प्राकृतिक सम्पदाहरु बहुमूल्य ढुंगा,गिट्टी र वालुवाहरु पनि अवैध रुपमा भारतीय सीमा क्षेत्रमा पुर्याईन थालेपछि स्थानीयले विरोध गर्न थालेका छन् ।

सिन्धुलीका बहुमूल्य ढुंगाहरु कमलानदी क्षेत्रका विभिन्न स्थानमा संकलन गरेर ट्रिफर र ट्याक्टरमा लोड गर्दै आँखा छल्दै महोत्तरी जिल्लाको रातुखोलाको कालापानी र बर्दिबास क्षेत्रमा अनलोड गर्ने गरेकाे देखिएकाे छ । त्यहाबाट ठूला ट्रिफरहरुमा लोड गरेर महोत्तरी जिल्लाकै औरही, रामगोपालपुर हुँदै भारतीय सीमा क्षेत्र भिठ्ठामोड र सुरसण्ड सीमानाका नेपालकै भूमिमा अनडोल गराउने छन् ।

भारतीय क्षेत्रको भिठ्ठामोड, सुरसण्ड नाकाबाट भने भारतीय नम्बर प्लेटका ट्रक र ट्रिफरहरुमा ति ढुंगाहरु लोड भएर भारतीय सीमा क्षेत्रमा खुलेआम रुपमा बिक्रीवितरण भएको खुलासा भएकाे छ । सिन्धुली, धनुषा र महोतरी लगायतका जिल्लाहरुबाट अनियन्त्रित रुपमा ढुंगा गिट्टी-बालुवा भारत निकासी भएपछि स्थानीय स्तरमा सञ्चालित विकास निर्माणका योजना भने प्रभावित हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४