Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताउनुभयो ।

उहाँले बैठकमा मन्त्रीमण्डल बिस्तारका बारेमा पनि छलफल भएको बताउनु यो । उहाँले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनु भयो ।

गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्ने कुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताउनु भयो ।

साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका गृहमन्त्री लामिछानेले राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको र न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने दाबी गर्नुभयो । उहाँले मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो नलागेको बताउनुभयो । गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने लामिछानेको भनाई छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको र क्षमताका आधारमा मन्त्री नियुक्त गर्ने समझदारी भएको गृहमन्त्री लामिछानेको भनाई छ ।

पहिलो चरणमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । सत्तागठबन्धनले प्रदेशहरुमा पनि सरकार गठनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४