Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को भन्ने टुंगो भोलि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ९ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका अनुसार आइतबार बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिनेछ ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर कुराकानी भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमत देखिएका छन् ।

प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । ‘सुरुमाको प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी कायमै छ’, एक नेता भन्छन्, ‘आ–आफ्नो पार्टीमा छलफल गरेर भोलि विहान बस्छौं र सहमति जुटाएर भोलि नै दाबी पेश गर्छौं ।’

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने बताएका छन् । ‘हाम्रो गठबन्धन चुनाव पछाडिको होइन । पुरानै निरन्तरता हो । अहिले म हुँदा संगति हुन्छ, गठबन्धनको भावना पनि कायम हुन्छ,’ उनले देउवालाई भने, ‘अहिले मलाई छाडिदिनुस्, तपाईदेखि तपाईभन्दा तपाईदेखि म हुँदा सहज हुन्छ ।’

बैठकमा सहभागी अर्का एक नेताका अनुसार कांग्रेस सभापति देउवाले प्रचण्डको प्रस्तावलाई अस्वीकार गरेनन् । तर पार्टीका नेताहरुले अहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने दबाव दिइरहेको भन्दै उनले भनेका छन्, ‘साथीहरुले मानेका छैनन् । पहिले म हुनुपर्छ भन्ने साथीहरुको कुरा छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोज्न सुझाएका छन् । भोलि विहान बस्दा को पहिला प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँट टुंगो लाग्ने ती नेताले बताए ।

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पनि भोलि सबै विषय टुंगिने दाबी गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘भोलिसम्म तपाईं धैर्य गर्नुस् यसमा हलो अड्किन्न, प्रधानमन्त्री को पहिले हुने भन्ने कुरा गौण कुरा हो, मुलुकलाई अहिलेको जनताको आकांक्षा अनुसार कसरी अगाडि बढाउने कुरा महत्वपूर्ण कुरा हो, गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४