Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इतिल्हने सम्यक महादान पर्व सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १६ २०७६
  • 8.5K
    SHARES

काठमाडौं । प्रत्येक ५ बर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व सम्पन्न भएको छ । ‘दिपंकर पर्व’ नामले समेत प्रचलित यो पर्वका अवसरमा नेवार बौद्ध परम्परा अनुसार शाक्य भिक्षु, बज्राचार्य तथा ललितपुरका विभिन्न विहारहरुकासाथै काठमाडौं, भक्तपुर, किर्तिपुर, चोभारबाट दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा आदि देवदेवताहरुलाई पूजा गरी दान प्रदान गरिएको छ । इतिल्हने सम्यक महादान पर्वमा १४९ देवदेवता रहेको आयोजकले जनाएको छ ।
सम्यक दान भन्नाले शुद्ध मनले निःस्वार्थ रुपमा दान गर्ने एवं सम्यक सम्बोधितर्फ लैजाने बोधिसत्व मार्ग भन्ने बुझिन्छ । यो पर्वको सार दानपारमिताको अभ्यास हो ।
७ सय बर्षदेखि निरन्तर यो परम्परा वि.सं. १८६१ सम्म प्रत्येक बर्ष आयोजना हुँदै आएको थियो भने त्यसपछि आयस्ताको कमीकै कारण प्रत्येक पाँच बर्षमा आयोजना हुँदै आएको छ । यो आयोजना ४७२ औं सम्यक आयोजना भएको प्रचार संयोजक लोकमान शाक्यले बताउनुभयो । यही अवसरमा धाः बाजा प्रदर्शन समेत गरिएको छ ।
इतिल्हने सम्यक महादान पर्वसँग जोडिएको पौराणिक कथा अनुसार ठकुरी वंशको राजा भाष्करदेवका सन्तति भरिभारोले आफ्नो दरिद्रता लुकाउन ढुकुटीमा गाईको गोवर जम्मा गरी साँचो सँधै आफूसँग राख्ने गरेको कुरा उल्लेख छ । ढुकुटीमा गोबर छ भन्ने थाहा नपाउन् भनेर सँधै साँचो आफूले राख्ने गरेको कारण उनकी पत्नीमा कौतुहलता थियो । एकदिन भरिभारोले बागमती नदीमा स्नान गर्न जाँदा साँचो बिर्से । साँचो भेटेपछि उत्सुक पत्नीले ढुकुटी खोली हेर्दा सुनले भरिएको फेला पारिन् । यो कुरा उनले पति फर्कनासाथ सुनाइन् । गोबर जम्मा गरेको कसरी सुन भएछ ! भनेर भरिभारो अचम्ममा परे । ढुकुटीमा हेर्दा साँच्चै सुनको भण्डार देखेपछि भरिभारोले “यो सब त्रिरत्नको आशिषले भएको” आफ्नी पत्नीलाई बताए । यही धनबाट सम्यक महादान पर्व शुरु गरी पर्व निरन्तरताका लागि सम्यक गुथि स्थापना गरी हिरण्यवर्ण महाविहारलाई जिम्मा लगाएको कथन छ ।
यही जनविश्वासकै आधारमा हालसम्म गोल्डेन टेम्पल नामले विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहारको तत्वावधानमा २० स्थवीर आःजुहरुले यो पर्व आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४