Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता अनुसार जबरा बने जेष्ठ सदस्य, शपथका लागि पठाइयो पत्र


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2K
    SHARES

काठमाडौं । पुष सात गते बिहीबार प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने अवसर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले पाएका छन् । समानुपातिक सांसद बनेका जबराले शपथग्रहण गराउने भएपछि उनको शपथका लागि राष्ट्रपति कार्यलयलाई पत्र पठाइएको छ ।

नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो । संघीय संसद् सचिवालयका अनुसार निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ ठहरिएका हुन् ।

नागरिकता अनुसार महिन्द्रराय यादव ८५ वर्षका छन् । तर, उनले उमेर स्वीकारेका छैनन् । उनले नमानेपछि अर्को जेष्ठ सदस्य खोजिएको हो । २०७४ को प्रतिनिधिसभामा पनि यादवले यही बताएका थिए । २०७४ मा ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । यसपटक भने चित्रबहादुर केसी र पशुपतिशमशेर जबरामध्ये को ज्येष्ठ सदस्य, टुंगो लागेको थिएन ।

सचिवालयका अनुसार महिन्द्र राय यादवले शपथ नगराउने आशय व्यक्त गरेपछि पशुपति शमशेर जबरा केसीभन्दा १ महिना २६ दिनले ज्येष्ठ देखिएका हुन्  । वि. सं. १९९९ माघ २४ गते चित्रबहादुर केसीको देखिन्छ भने २०३० मंसिर २४ गते ३२ वर्ष पुगेको नागरिकता पशुपति शमशेरको जारी भएको पाइएको छ । उनीहरूबीच १ महिना २६ दिनको अन्तर रहेको सचिवालयको भनाइ रहेको छ ।

नागरिकताका आधारमा ज्येष्ठ सदस्य टुंगो लागेपछि संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन् । उनले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेखेका हुन् । उक्त पत्र सोमबार नै राष्ट्रपति कार्यालयमा दर्ता गराइएको बताइएको छ । राष्ट्रपतिले बिहीबार दिउँसो १ बजेअगावै जबरालाई शपथ ग्रहण गराउनेछिन् । त्यसपछि बिहीबार दिउँसो १ बजे जबराले अन्य सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४