Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना कहरः मृतकको संख्या २४ सय पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १२ २०७६
  • 11.1K
    SHARES

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।
सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।
इटालीमा तीन जनाको मृत्यु
कोरोना भाइरस अर्थात कोभिड – १९ को असर रोक्न चालेको विभिन्न कदमका बाबजुद इटालीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५२ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसकै कारणा दुई जनाको मृत्यु र ७९ जना संक्रमित भएपछि इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध गरिएको थियो ।
तर त्यसपछि पनि थप १ एक जनाको मृत्यु भएको छ । अरु ७३ जना कोरोनाको संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा ६ जनाको मृत्यु
दक्षिण कोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । एकै दिन अरु २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।
चेओङ्डोको एक धार्मिक समूहका सदस्यहरुमा पनि कोरोनाको संक्रमण भएको आशंकापछि ९ हजार जनालाई क्वारेन्टीमा राखिएको छ । कोरोनाले महामारीकोव रुप लिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले मुलुकले धेरै ठूलो चुनौतीको सामना गरिरहेकाले सावधानी अपनाउन देशवासीलाई आह्वान गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४