Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायत, जापान र अमेरिकाले लडाकू विमान बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २३ २०७९
  • 2K
    SHARES

काठमाडौं । बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान निर्माणको तयारी गरेका छन् ।

आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले छिट्टै यसको घोषणा गर्न सक्ने बताइएको छ ।

यो नयाँ लडाकू विमान सन् २०३० को मध्यसम्ममा तयार हुनेछ र यसमा हावामा लड्न सक्ने क्षमता समावेश हुनेछ । यसका साथै यो विमान शत्रुको नजरबाट बच्नसमेत सक्षम हुनेछ । यसमा अत्याधुनिक सेन्सरसहित आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिने छ । जसले आवश्यक परे पाइलटलाई सहयोग गर्नेछ ।

यो विमानले बिस्तारै टाइफुन जेटलाई प्रतिस्थापन गर्नेछ । आवश्यक पर्दा, यो लडाकू विमान पाइलट बिना उडान भर्न सक्षम हुनेछ र हाइपरसोनिक मिसाइलहरू प्रहार गर्न सक्षम हुनेछ । यस्तो विमान बनाउने काम निकै महँगो साबित हुन सक्छ र अमेरिकी पेन्टागनको एफ–३५ विमान बनाउने परियोजना अहिलेसम्मकै सबैभन्दा महँगो परियोजना हो । यस कारणले गर्दा बेलायतले यो विमानका लागि सहयोगीहरूको खोजी गरिरहेको छ ।

इटालीसँग सो सम्बन्धी यसअघि नै सहमति भइसकेको समाचारमा जनाइएको छ । अब जापान पनि सो अभियानमा सम्मिलित हुनुलाई ठूलो कदम मानिएको छ । इन्डो प्यासिफिकमा चीनको बढ्दो महत्वाकांक्षालाई ध्यानमा राख्दै जापान पश्चिमी मुलुकका लागि महत्वपूर्ण सहयोगी बनेको छ । अमेरिका यस्तै, खालको फाइटर जेट बनाउनमा जुटेको छ ।

जर्मनी, स्पेन र फ्रान्स पनि यस्तो छुट्टै परियोजनामा काम गरिरहेका छन् । बेलायतका लागि यो सम्झौता सुरक्षाका लागि मात्र नभई आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । यसबाट देशमा हजारौं नयाँ रोजगारी सृजना हुने र हतियार निर्यातको बाटो पनि खुल्ने अपेक्षा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४