Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेशमा थ्रेस होल्ड कटाएका चार दलले किन पाएनन् सिट ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २२ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । प्रदेशसभा निर्वाचनको समानूपातिकतर्फ १.५ प्रतिशत मत ल्याउने दल सिट बाँडफाटका लागि योग्य हुन्छन् । तर गण्डकी र कर्णाली प्रदेशमा थ्रेसहोल्ड कटाएर पनि चार दलहरुले कुनै सिट पाएनन् ।

गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो । तर उनीहरुले एउटा पनि सिट पाएनन् ।

गण्डकीमा समानुपातिकतर्फ २४ सिट छ । र, ९ लाख ४२ हजार ७९८ मत सदर भएको छ । आयोगका अनुसार ७ दलले थ्रेसहोल्ड कटाएका थिए । तर सेन्टलग विधिबाट सिट निर्धारण गर्दा तीन दलले सिट पाएनन् ।

हाम्रो नेपाली पार्टीले त झण्डै २ प्रतिशत मत पाएको थियो । एकीकृत समाजवादीले १ं६० र राष्ट्रिय जनमोर्चाले १.५८ प्रतिशत मत पाएको थियो । तर तीन वटै दलले सिट पाएनन् ।

कर्णाली प्रदेशमा पनि त्यस्तै भएको देखिन्छ । कर्णालीमा नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएर पनि समानूपातिक सिट पाउन सकेन । ४० सदस्यीय प्रदेशसभामा १६ सिट समानूपातिकतर्फ छ र ५ लाख ६२ हजार ३४० मत सदर भएको थियो ।

नेपाल मजदुर किसान पार्टीले करिव ९ हजार मत पायो, जुन कुल सदर मतको करिव १.६ प्रतिशत हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार सेन्ट लग विधिबाट समानूपातिकको सिट निर्धारण गर्दा थ्रेसहोल्ड कटेपनि कतिपय दलहरुले सिट नपाएका हुन् ।

‘संघीय तहमा ११० सिट बाँडफाँट गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कट्नासाथ ३/४ सिट पाउने अवस्था रहन्छ’ उनले भने, ‘कतिपय प्रदेशमा सिट थोरै छ । १.५ प्रतिशत थ्रेसहोल्ड कटेपछि एक सिट पनि पाउन नसक्ने अवस्था हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४