Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज धान्य पूर्णिमा पर्व विविध कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २२ २०७९
  • 4.2K
    SHARES

काठमाडौं । धान्य पूर्णिमा पर्वलाई आज (बिहिबार) नेपालका विभिन्न समुदायले आ–आफ्नै संस्कार र शैली अनुसार मनाउँदै छन् । हरेक वर्ष मार्ग शुक्ल पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाउने गरिन्छ । धान भित्र्याएपछि मंसिर शुक्ल पूर्णिमाका दिन धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ धानको चामल र त्यसैको पीठोको सेल, बाबर र पुरी मालपुवा बनाएर देवी देवतालाई चढाउने परम्परा छ ।

यस दिन क्षेत्री तथा ब्राह्मण समुदायले देवी देवताका मन्दिर तथा थानहरुमा दूधधार तथा बली दिएर देवाली पनि मनाउने गर्दछन् । कतिपयले यसै दिन कुल पूजा पनि गर्ने गर्दछन् । नेवार समुदायले भने यो दिनलाई योमरी पुन्हीको रुपमा मनाउने गर्दछन् । चामलको पिठोबाट बनाईने विशेष परिकार योमरी खाने भएकाले यो पर्वलाई उपत्यका र आसपासका नेवार समुदायले योमरी पूर्णिमाको रुपमा मनाउने गर्दछन् ।

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाएर घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि छ ।

यस दिनलाई उपत्यकामा ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । ज्यापु दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम र र्यालीहरु निकाल्ने गरिन्छ । उता, पूर्वी पहाडका किरात समुदायले भने आजको दिनलाई उधौली पर्वको रुपमा मनाउने गर्दछन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेकाे छ ।

किरात समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउछन् । आजैदेखि जाडो छल्न उधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको हो । पूजापछि साकेला नाच्ने गरिन्छ। साेही अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर र काठमाडौंको चम्पादेवी लगायत स्थानमा मेला पनि लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४