Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २१ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो ।

ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए । दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिल ३–० को अग्रता लियो । यस्तै ३६औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए । खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ–होले एक गोल फर्काए पनि ब्राजिल ४–१ ले विजयी भयो ।

यसैगरी, सोमबार राति भएको अर्काे खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा पनि खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसिया क्वार्टर फाइनलमा पुग्यो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरेका थिए । मार्को लिभाजा भने पेनाल्टीमा चुके ।

जापानका ताकुमा असानोले एक गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेका थिए ।

पेनाल्टीमा जानु अघि जापानले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा डाईजेन मादाले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कोरिया र जापान भने राउण्ड अफ सिक्टिनबाटै बाहिरिएका छन् । अब क्रोएसिया र ब्राजिलको भिडन्त क्वार्टरफाइनलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४