Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

करिअरको एक हजारौं खेलमा मेस्सीको गोल, अर्जेन्टिना क्वाटरफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । उनीहरु आगामी शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल खेलका लागि तयारी गर्नेछन् ।

अष्ट्रेलियाको रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको थियो । तर, पीएसजीका स्ट्राइकर मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलोपल्ट गोल गर्ने क्रममा शानदार प्रहार गरे । कतारको अहमद विन अली रंगशालामा उपस्थित अर्जेन्टिनी समर्थकमा यो गोलको खुसी हेर्नलायक थियो ।

दक्षिण अमेरिकी टिमका विश्वभर रहेका समर्थकको खुसी दोब्बर बनाउँदै युवा स्ट्राइकर जुलियन अल्भारेजले गोल गरे । उनले अष्ट्रेलियन गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै ५७औं मिनेटमा पेनाल्टी एरियाबाट सहज गोल गरेका थिए ।

अष्ट्रेलियाले निकै कम पोष्ट आक्रमण गरेको थियो । तर, खेलमा १३ मिनेटको समय बाँकी रहँदा आश्चर्यजनक रुपमा गोल गर्यो । क्रेग गुडविनको प्रहार एन्जो हर्नाण्डेजको शरीरमा डिफ्लेक्ट हुँदा अर्जेन्टिनी गोलरक्षक डेमाइन मार्टिनेजले अनुमानै गर्न सकेनन् ।

त्यसको केह मिनेटमै अजिज बेहिचले बराबरीको अवसर गुमाएका थिए । उनको एकल प्रयासलाई लिसान्द्रो मार्टिनेजले असफल पारेका थिए । खेलको अन्त्यतिर अर्जेन्टिनाका लउटारो मार्टिनेजले गोलको दुई उत्कृष्ट अवसर खेर फालेका थिए ।

विश्वकपको यो खेलसँगै लियोनल मेस्सीले आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरे । मेस्सीको यो करिअरको ७८९औं गोलसमेत हो ।

लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेस्सीले विश्वकपमा गोलसंख्या ९ पुर्याएका छन् । जारी विश्वकपमा उनको यो तेस्रो गोल हो । मेस्सीले विश्वकपको नकआउट चरणमा गोल गरेको यो पहिलोपल्ट समेत हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४