Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै कतारमा भइरहेको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

यसै समूहको अर्को खेलमा उरुग्वेले घानालाई २-० ले पराजित गर्दै कोरिया समान ४ अंक नै जोड्यो । तर अंक र गोल अन्तर समान भए पनि समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया भाग्यमानी बन्यो ।

पराजित भए पनि पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको पोर्चुगलले केही मुख्य खेलाडीलाई कोरिया विरुद्ध आराम दिएको थियो ।

बराबरीले नै पोर्चुगललाई समूह विजेता बन्न पर्याप्त थियो । तर काेरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बन्यो ।

रिकार्डो होर्थाले गोल गर्दै पोर्चुगललाई पाँचौं मिनेटमै अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा कोरियाका लागि किम योङ ग्वनले बराबरी गोल फर्काए ।

त्यसपछि दुवै टोलीले गोल थप्ने प्रयासमा लागे । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्ने दुई राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।

वैकल्पिक खेलाडीको रुपमा ह्वाङ हि चानले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि कोरियाले सनसनी जित निकालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४