Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल आज


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १६ २०७९
  • 2K
    SHARES

काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् ।

समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।

अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह एदेखि समूह ईसम्मका विजेता र उपविजेताको छिनोफानो भइसकेको छ । यस्तै समूह जी बाट ब्राजिल तथा समूह एचबाट पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।

अब आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ ।

अहिलेसम्म सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको छ । जसमा युरोपबाट सबैभन्दा धेरै ७ टिम छन् । यस्तै अफ्रिकाबाट मोरक्को र सेनेगल, दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, एसियाबाट अष्ट्रेलिया र जापान अनि उत्तर अमेरिकाबाट अमेरिकाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४