Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १५ २०७९
  • 2K
    SHARES

काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा रिले म्याग्रेको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १-० ले पराजित हादै बाहिरिएको थियो । पछि इटलीले नै त्यस विश्वकप जितेको थियो ।

जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अघि रहेर समूह विजेता बनेको हो ।

पहिलो खेलमा फ्रान्ससँग ४-१ ले पारजित भएको अष्ट्रेलियाले त्यसपछिको दुई खेलमा ट्युनिसिया र डेनमार्कलाई पराजित गरेको हो ।

अष्ट्रेलियाले अब समूह सी को विजेतासँग अन्तिम १६ मा खेल्नेछ । समूह डी मा दोस्रो हार बेहोरेको डेनमार्क भने १ अंक जोड्दै पूछारमा रहेर बाहिरियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४