Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिडले पारेकाे असर न्यूनिकरण सुनिश्चित गर्न आइएलओको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । दक्षिण एशियाका रोजगारदाता, ट्रेड युनियन र सरकारी प्रतिनिधिहरूबीच पोस्ट कोभिडको अवस्थाकाे बारेमा काठमाडौंमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पहलमा आयोजित कार्यक्रममा कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा पारेको प्रभाव बारेमा छलफल भएको हाे । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा नेपाल, बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता रहेकाे छ ।

साेहीकार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौतीहरू देखापरेको बताउनुुभयो । चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएको जोड दिंदै उहाँले त्यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेको बताउनुभयो ।

दक्षिण एशियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिले पनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्याेगहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र कार्यस्थलको सुधारिएको अवस्था सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै आइएलओका नेपाल निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ भारतका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४