Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 3K
    SHARES

काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ । अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो । फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत शंका रहेको छ ।

फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ । समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’

उक्त रिर्पोटका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको हो ।

उक्त म्यागेजिनले फोटोग्राफरको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम)मा पनि शंका गरेको छ । ‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फेाटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ । अरु ग्यालरी किन देखिएन ?’ म्यागेजिनले प्रश्न गरेको छ ।

फ्याक्ट चेकले दाबी गर्दै लेखेको छ, ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेकी हुन् । ‘

हिउँ चितुवाको फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत उक्त तस्वीर प्रकाशित भएको थियो । उक्त फोटोहरु नेपालमा भाइरल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४