Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव जितेपछि रेखाले भनिन्– इमान र निष्ठाका साथ काम गर्छु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ८ २०७९
  • 3.5K
    SHARES

काठमाडौं। दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छन् । निर्वाचनमा विजयी भएपछि बिहीबार बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले इमान र निष्ठाका साथ काम गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘आम जनसमुदायका र मतदाताका जुन गुनासा हामीप्रति छन्, ती गुनासा सम्बोधन गर्ने गरी इमानका साथ काम गर्छु । निष्ठाका साथ काम गर्छु । त्यसरी काम गर्दा पूरा गर्न सकिन्छ भन्ने लाग्छ । पूरा नहुने कुराहरु इमानका साथ भन्छु जनताका बीचमा ।

उनले आफ्नो जितलाई प्रतिगमनविरुद्धको एजेण्डा दंगाली जनताबाट अनुमोदन भएको रुपमा टिप्पणी समेत गरिन् । यसबाट अत्यन्त खुसी लागेको उनले बताइन् । शर्माले भनिन्, ‘निर्वाचनको सुरुदेखि नै प्रतिगमनको विरुद्ध, लोकतन्त्र–गणतन्त्रको रक्षाका लागि भनेर र समग्र दाङको समृद्धिको लागि भनेर जुन एजेण्डा प्रस्तुत गरेका थियौं, त्यसलाई जनताले अनुमोदन गरेका छन् । अत्यन्त खुसी छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४