काठमाडौं । काठमाडौंमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने छ । काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षकै सबैभन्दा कम हो ।
यसअघि गएको नोभेम्बर १३ तारिख अर्थात २७ गते काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री सेल्सियस थियो । न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाडौंसहित देशभर नै चिसो बढेको छ ।
आज प्रदेश-१ का सबैजसो जिल्लाको मौसम आंशिक बदली हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि आजको मौसम आंशिक बदली हुने अनुमान छ ।