Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ ।

शनिबार एक सन्देश जारी गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आम निर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरु क्रमशः जनउत्तरदायी हुँदै जाने उल्लेख गर्नुभएको छ ।

निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने उहाँको विश्वास छ । स्वस्थ र सबल लोकतन्त्रबाट शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने उहाँको सन्देशमा उल्लेख छ ।

मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको भन्दै उहाँले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन सबैमा अनुरोध गर्नुभएको छ । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४