Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम ८६ करोडमा झर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 1.9K
    SHARES

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।

बुधबार म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । बुधबार हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब माथिको बराबर भएको बजारमा बुधबार २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ ।

जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ६ करोड ३ लाख ३९ हजारको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड १ लाख ९१ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको स्थिर छ । बुधबार कारोबार भएकामध्ये सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गणपति लघुवित्तको सेयर मूल्य ७.७१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ५.५३ प्रतिशतले बढेको छ । यता जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.१३ प्रतिशतले गिरावट हुँदा सबैको लघुवित्तको सेयर मूल्य ३.६८ प्रतिशत तथा विशाल बजार कम्पनीको सेयर मूल्य २.८४ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४