Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन सरकार आवश्यक : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 2.1K
    SHARES

सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले निरन्तरता पाउनुपर्ने बताउनुभएको छ ।

संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै उहाँले गठबन्धन दीर्घकालसम्म रहने बताउनुभयो ।

उहाँले ओलीको संसद विघटन र प्रतिगमनकारी कदमविरुद्ध गठबन्धन आवश्यक रहेको भन्दै संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वामपन्थीको गोलभित्र अंहकारी रुपमा ओली उदाएकाले वाम गठबन्धन टुटेको स्पष्ट पार्नुभयो । उहाँले अब धोकेबाजसँग कुनै समीकरण नहुने उल्लेख गर्दै देशको समृद्धिमा गठबन्धन दलको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा भएको कार्यक्रममा गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका केन्द्रिय सभापति पूर्णबहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन शीर्ष नेताहरुले आग्रह गर्नुभएको छ ।

सुर्खेत १ बाट प्रतिनीधिसभामा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४