Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘महापुरूष’ हेर्न कुलमान घिसिङ पुगे हल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २७ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरुष’ हेर्नु भएको छ ।

उहाँले आफ्नी श्रीमतीसँगै काठमाडौंको चाबहिलमा रहेको एफएक्युब सिनेमाजमा शनिबार साँझ फिल्म हेर्नु भएको हो ।

साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूलाई मनपर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिनुभयो ।

‘हलमा फिल्म हेरिरहँदा उठान गरेको विषयले छोयो । सरल प्रस्तुति तर गम्भीर विषय’, उहाँले भन्नुभयो, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ ।’

उहाँले आफु ‘पच्चीस वर्ष ‘पछि आफू फिल्म हलमा आएको समेत बताउनुभयो । घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरुष’ हाउसफुल चलिरहेको छ । फिल्मले शनिबार बिहान काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल व्यापार गरेको छ । प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४