Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप १९५८ : विश्व फुटबलमा पेलेको उदय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २६ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । सन् १९५८ को फिफा विश्वकपका लागि छनोट प्रक्रियाको संरचना केहि खुकुलो पारिएको थियो । यो संस्करणमा संयुक्त अधिराज्यका चारै देशले मात्र होइन अर्जेन्टिनाले पुनरागमन गरेको थियो भने सोभियत युनियनले पनि पहिलो सहभागिता जनाएको थियो ।

तर, यसपल्ट दुईपल्टका दुई पूर्व च्याम्पियनहरु इटली र उरुग्वे भने छनोट हुन असफल रहे । इजरायललाई मान्यता दिएको भन्दै तीन मुस्लिम देशहरु इण्डोनेसिया, सुडान र टर्कीले बहिस्कार गर्दा उनीहरुले छनोट प्रतियोगितामै सहभागी भएनन् । यसबीच छनोट अन्तर्गतको एउटा नकआउट खेलमा वेल्ससँग हारेपछि इजराजयलले पनि मुख्य विश्वकप खेल्न पाएन ।

युरोपेली देशमा लगातार संस्करण विश्वकप आयोजना भएको यो दोस्रोपल्ट थियो । यसबाट दक्षिण अमेरिकी देशहरु असन्तुष्ट थिए । फिफाले प्रतियोगिता फरक फरक महादेशमा गर्ने लक्ष्यको घोषणा गरेको थियो ।

यो त्यही प्रतियोगिता हो जहाँ ब्राजिलले आफ्नो पहिलो विश्वकप उपाधि जितेको थियो । संसारले पेलेको महिमाको पहिलो झलक देखेको थियो । त्यतिबेला पेले मात्र १७ वर्षका थिए । सुरुवाती दुई खेलमा उनले ब्राजिलको टिममा अवसर पाएनन् । पछिल्ला चार खेलमा ६ गोल गरेपछि विश्व फुटबलमा एक महान खेलाडीको उदय भयो । पेलेले क्वाटरफाइनलमा वेल्सविरुद्ध विश्वकपमा आफ्नो पहिलो गोल गरेका हुन् । तर, सेमिफाइनलमा फ्रान्स  विरुद्ध हृयाटि्रक गर्नुअघि सम्म संसारले उनीप्रति ध्यान दिएका थिएनन् ।

फाइनलमा स्वीडेनको विरुद्ध पेलेले निर्णायक २ गोल गरे र स्टकहोमको रसुन्दा रंगशालामा उपस्थित ५० हजार घरेलु समर्थकलाई स्तब्ध पार्दै आफ्नो देशलाई पहिलोपल्ट विश्वकपको उपाधि दिलाए ।

यो विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले १३ गोल गरे । विश्वकपको एकै संस्करणमा सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान अझै पनि उनकै नाममा छ । पेले र ब्राजिलले पहिलो विश्वकप जितेर विश्वस्तरमा आफ्नो शानदार यात्राको सुरुवात गर्न सफल रहृयो । पेले विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । वेल्सविरुद्ध गोल गर्दा उनी १७ वर्ष २३९ दिनका थिए । फाइनल खेलमा ७ गोल भएको थियो । यो कीर्तिमान अझैसम्म पनि कायम छ ।

विश्वकपमा अर्जेन्टिनाको पुनरागमन सर्मनाक थियो । उनीहरुले समूह चरणमा लगातार दुई खेल गुमाउँदा १० गोल खाए । समूहबाटै घर फर्किनुपर्दा स्वदेशमा असन्तुष्ट समर्थकको सामना गर्नुपरेको थियो । अघिल्ला केहि संस्करणको तुलनामा यो विश्वकपमा समर्थकको औषत उपस्थिति कम थियो ।

तथ्यांकमा १९५८ विश्वकप

आयोजकः स्वीडेन

टिमः १६
फर्म्याटः समूह चरण, नकआउट
खेलः ३५
गोलः १२६
विजेताः ब्राजिल
उपविजेताः स्वीडेन
गोल्डेन बुटः जस्ट फेर्टेन (फ्रान्स)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४