Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव जित्नेमा कान्छाराम,ढुक्क”ढुंगेलको पनि दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २३ २०७९
  • 7.5K
    SHARES

रामेछाप । प्रतिनिधि सभा सदस्यका लागि रामेछापमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेका कैलाश ढुंगेलबीच हुने देखिएको छ ।

तामाङ २०७४ सालको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसँग ६ हजार ३७६ मतान्तरले पराजित भए । यो पटक भने उनी माओवादीसहितका दलको साथ पाएर चुनाव लड्दैछन् । प्रतिनिधि सभा कांग्रेसलाई छाडेको माओवादीले प्रदेश सभातर्फ दुबै क्षेत्र लिएको छ र चुनावी अभियानमा कांग्रेस सँगै छ ।

एमाले भने कांग्रेससँग प्रतिस्पर्धामा छ । एमालेले पछिल्ला ३ वटा चुनावमा यहाँबाट संघीय सांसद जितेको छैन ।

०४८ मा रामेछाप १ मा दोस्रो भएको एमालेले ०५१ र ०५६ मा चुनाव जितेको थियो । रामेछाप २ मा भने ०४८ मा संयुक्त जनमोर्चाले जित्यो । ०५१ र ०५६ मा कांग्रेसले जितेको थियो । ०६४ मा दुबै क्षेत्र माओवादीले जित्यो । ०७० मा रामेछाप १ कांग्रेसले जित्दा २ मा माओवादी विजयी भयो । ०७० मा वाम गठबन्धनले जित्यो अर्थात् माओवादीले प्रतिनिधिसभा जित्दा एमालेले दुबै प्रदेशसभातर्फ जितेको थियो ।

३० वैशाखको स्थानीय चुनावका आधारमा यो क्षेत्रमा कांग्रेस पहिलो दल हो भने दोस्रो दल एमाले पनि हाराहारीमै छ । तर तेस्रो दल माओवादीसँग गठबन्धन गरेका कारण गणितीय हिसाबमा कांग्रेस निकै सहज अवस्थामा देखिन्छ । स्थानीय चुनावमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४१ हजार ५१ मत पाउँदा एमालेले ३९ हजार ३३ मत पाएको छ । माओवादीले भने २७ हजार ३९ मत पाएको छ ।

  • सत्ता गठबन्धनमा असन्तुष्टि

यो क्षेत्रमा सरकारमा रहेको एकीकृत समाजवादी भने सत्ता गठबन्धनमा छैन । स्थानीय तह चुनावमा १ हजार ५७० मत ल्याएको एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवारी दिएको छ । कांग्रेस र माओवादीले आफूहरुलाई अवमूल्यन गरेको भन्दै एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ पूर्वसांसद देवशंकर पौडेल तथा प्रदेश सभा १ मा रमेशकुमार बस्नेत र २ मा झम्क कँडेल उम्मेदवार छन् ।

गठबन्धनभित्र असन्तुष्टि भएकाले आफूहरुले गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दिएको एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत बताउँछन् । ‘हामीले मागेको प्रदेश सभा १ हामीलाई दिएनन्,’ प्रतिनिधि सभामा जितका दाबी नगरेका बस्नेतले भने, ‘एक्लै लडे पनि प्रदेश सभा १ मा हाम्रो जित पक्का छ ।’

एकीकृत समाजवादीले साथ नदिए पनि कांग्रेस उम्मेदवार तामाङलाई त्यसको चिन्ता छैन । ‘हामीलाई समाजवादी छुट्टिएर केही फरक पर्दैन’, उनले भने, ‘समाजवादीले भोट काट्ने भनेकै एमालेको हो, उहाँहरुको उम्मेदवारीले त हामीलाई पो फाइदा छ ।’

  • एमालेलाई झिनो आश

एमाले उम्मेदवार कैलाश ढुंगेल अघिल्लो चुनावमा प्रदेशसभा सदस्य मात्र चुनिएनन्, बाग्मती प्रदेश सरकारमा अर्थमन्त्री समेत भए ।

एकातिर पहिलो र तेस्रो दल मिलेका छन् भने अर्कातिर एकीकृत समाजवादीबाट उठेका देवशंकर पौडेल एमालेबाटै सांसद जितेका नेता हुन् । उनले काट्ने भोट समेत एमालैकै हुनेछ । त्यसैले यो प्रतिस्पर्धा एमाले र एकीकृत समाजवादी दुवै उम्मेदवारका लागि सहज छैन । तर प्रदेश सरकारमा रहँदा आफूले गरेको कामका आधारमा चुनाव जित्ने एमाले उम्मेदवार ढुंगेल बताउँछन् । ‘मेरो अघिल्लो कार्यकाल रामेछापेली जनताको विकासका लागि सुखद छ,’ बागमती प्रदेश सभाका निवर्तमान सांसद ढुंगेलले भने, ‘मेरो पक्षमा पहिला भन्दा अहिले जनमत बढेको छ ।’

साथै एकीकृत समाजवादीले छुट्टै चुनाव लड्दा आफूहरुलाई नभई सत्ता गठबन्धनलाई नै घाटा हुने एमालेको बुझाइ छ । ‘समाजवादीले हाम्रो भोट काटने अवस्था छैन,’ एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ भन्छन्, ‘स्थानीय निर्वाचनको मत हेर्ने हो भने एकीकृत समाजवादीले छुट्टै चुनाव लड्नु भनेको गठबन्धनलाई घाटा हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४