Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनलाई स्वच्छ बनाउन आयोगलाई पूर्वमन्त्री आचार्यकाे आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २१ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभाव बिना मतदान गरेको अनुभुति गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डको रुपमा प्रस्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले मतपेटिकाको सुरक्षाका लागि शतर्कता आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्री आचार्यले नागरिकहरूको सजगता र शतर्कताले आयोगलाई पनि सजग र शतर्क हुन मद्दत गर्ने बताउनुभयो । उहाँले निर्वाचनको मौन अवधिमा बद्मासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचन सम्बन्धी कानून बनाउनुपर्ने बताउनुभयो । उहाँले आचारसंहीतामा कतिपय कुराहरू अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४