Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप फुटबलको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २० २०७९
  • 2.2K
    SHARES

काठमाडाैं । आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नुका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्।

भायाटिभीका हालका ग्राहकहरूले रु ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ। यसबाहेक भाया टिभीको “ब्रिंग होम दगेम” अफर अन्तर्गत ग्राहकहरूले रु।१५० प्रति महिना सम्ममा भायाटिभी र रु. ९९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउन सक्नेछन्।

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२,१२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु. २४,३३५ सम्मको मूल्यमा खरिद गर्न पाउने छन्।

यसका साथै भायाटिभीको आइएसपी पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु रसेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४