Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप बैकल्पिक शक्तिको रुपमा नेकपा माले :- कार्की


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १९ २०७९
  • 6.7K
    SHARES

काठमाडौं। रामेछापको प्रतिनिधि सभा र प्रदेश सभा क,ख मा समेत गरि ३ सिटमा उमेद्वारी दिएको नेपाल कम्युनिष्ट पार्टी (माले) रामेछापले आगामि निर्वाचन पछि आफनो पार्टि बैकल्पिक शक्तिको रुपमा स्थापित हुने दावि गरेको छ । आफनो चुनावि अभियान संगै पार्टिको घोषणापत्र सार्वजनिक गर्न उसले बुधबार मन्थलीमा गरेको पत्रकार सम्मेलनमा आफनो अभियानको प्रगति र चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

नेकपा मालेका प्रतिनिधि सभा सदस्यका उमेद्वार मोहन कार्कीले पत्रकार सम्मेलन मार्फत आगामि मंसिर ४ गते हुन लागेको निर्वाचनबाट आफनो पार्टि बैकल्पिक पार्टिको रुपमा स्थापित हुने दावि समेत गरेका छन् । मुलुकको परिवर्तनका लागि नेकपा मालेले गरेको योगदानको चर्चा गर्दै कार्कीले क्रान्ति बिना मुलुकमा परिवर्तन सम्भव नभएको भन्दै त्यसैको संस्थागत विकासका लागि पनि नेकपा माले निर्वाचनमा गएको दावि समेत गरेका छन् ।

चुनावि अभियानका विचबाटै पत्रकार सम्मेलन गर्नु भएका उमेद्वार कार्कीले आफु अभियानबाट उत्साहित भएकोले आफनो पक्षमा मत खस्ने कुरामा आफु आशावादी भएको पनि बताउनु भयो । नेकपा मालेले जारी गरेको घोषणा पत्रमा प्रचुर मात्रामा सम्भाबनाको खानी रहेको रामेछापले सर्वोच्च शिखर सगरमाथा पर्यटकीय क्षेत्रभित्र पर्ने रामेछाप जिल्लाले यसको उपयोग गर्न नसकेको, जट्टपोखरी, पाँचपोखरी, भाले पोखरी, थोदुङ्ग गुम्बा आदीको संरक्षण र सम्बद्र्धनका लागि काम गर्ने पनि उल्लेख गरिएको छ ।

उमाकुण्ड, दोरम्बामा लाग्ने शैलुङ्गेश्वरी १२ वर्षे मेला, सैलुङ पर्यटकीय क्षेत्र, सानो सैलुङमा रहेको गुफा, खाँडादेवी मन्दिर, तारा खसे पोखरी, चण्डेश्वरी महादेव, यसै मन्दिरमा लाग्ने चण्डी नाचलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहे पनि यसबाट नागरिकले फाइदा लिन नसेकेको भन्दै यसको उपयोग र प्रयोजनका लागि आफनो पार्टिले काम गर्ने पनि उल्लेख गरिएको छ ।

उहाँले सहिद गंगालाल, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जिल्ला भएर पनि यसको विकास हुन नसक्नु दुखद् भएको पनि मालेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै चर्चित समाजसेवी एबं साहित्यकार स्वर्गिय जगदिश घिमिरे, कुलमान घिसिङ, स्वास्थ्य क्षेत्रका अभियन्ता डा गोविन्द केसी जस्ता धेरै महान व्यक्तिहरु जन्माएको जिल्लाले अहिले सम्म पनि उज्यालो मुहार फेर्न नपाएको भन्दै रामेछापको बृहत्तर विकासका लागि पनि आफनो पार्टिले भुमिका निर्वाह गर्ने कुरा पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

पत्रकारीताको क्षेत्रमा योगदान गरेर राजनितिक क्षेत्रको सुधारमा होमिएका प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्की पत्रकार सम्मेलनमा एक्लै सहभागि हुनु भएको थियो । अन्य उमेद्वार हरु चुनावि अभियानमा भएका कारण आफु मात्र पत्रकार सम्मेलनमा उपस्थिति भएको भएपनि आफनो पार्टिको निति कार्यक्रम घोषणा पत्र र ठुला भनाउँदा पार्टिका उमेद्वारहरुको अलोक प्रिय  उपस्थितिले आफु र आफनो पार्टिका उमेद्वारहरु निर्वाचनबाट विजयी भएर बैकल्पीक शक्तिका रुपमा स्थापित हुने पनि दावि गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४