Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत जाने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १९ २०७९
  • 2.1K
    SHARES

काठमाडौं। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा जाने भएका छन्। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उच्च अदालत जाने सन्दीपका कानुन व्यवसायी मुरारीप्रसाद सापकोटाले बताए। उनले भने, ‘सन्दीपलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्छ। उनलाई थुनामा राख्ने आदेशविरुद्ध उच्चमा निवेदन गर्छौं र थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्छौं।’

आइतबार आदेशको प्रति लिएर केही दिनमै निवेदन तयार गर्ने र उच्चमा जाने सापकोटाले बताए। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेले चार दिन लामो सुनुवाईपछि शुक्रबार सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका छन्। अदालतको आदेश लगतै सन्दीपलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ।

एक किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। अनुसन्धानपछि गत सोमबार जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अदालतले तत्काल प्रमाणका आधारमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अब सन्दीप मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि कारागारमै बस्नु पर्ने भएको छ। उनलाई १० देखि १२ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन माग गरिएको छ।

सन्दीपले भने बयानका क्रममा आफूले बलात्कार नगरेको र किशोरी पनि नाबालिग नरहेको दाबी गरेका थिए। किशोरीको उमेर १८ वर्ष बढि रहेको प्रमाण पनि उनले अदालतमा बुझाएका छन्। तर अदालतले तत्कालका लागि भने उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४