काठमाडौं। नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले मतदातालाई सही मौकामा सही निर्णय गर्न आह्वान गर्नुभएको छ । नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले बिहीबार दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुरको साल्मेमा आयोजना गरेको चुनावी कोण सभामा बोल्दै एमाले नेता ढुङ्गेलले सही समयमा सही निर्णय नगर्दा पछुताउनुको विकल्प नहुने बटेक छन् ।
‘कार्यक्रममा बोल्दै सहि समयमा सही निर्णय गर्नुस्, मङ्सिर ४ मा सूर्यमा मतदान गर्नुस्’, ढुङ्गेलले भनेका छन् । एमालेले विकासको काम सुरु गरेको भए पनि अझै गर्नुपर्ने काम धेरै भएको उहाँले बताएका छन् । भर्खरै कामको सुरुवात भएको कति काम भयो भन्ने प्रश्न होइन, अब के के गर्नुपर्ने छ भन्ने सुझाव दिन उहाँले मतदातालाई अनुरोध गर्नु भएको छ ।
एमालेलाई भोट हालेर बहुमतले जितायो भने मात्र संविधानको रक्षा, देशको विकास र उज्यालो नेपाल निर्माण हुने उहाँले बताउनुभएको छ । समय परिवर्तनसँगै नागरिकका आवश्यकतालाई पनि एमालेले सम्बोधन गर्दै जाने ढुङ्गेलले बताउनुभयो । एमाले विकास गर्ने बालबालिका, युवा र ज्येष्ठ नागरिकको पार्टी भएको ढुङ्गेलले बताउनुभयो ।
एमालेको सरकारले पाँच वर्षमा अहिलेको सामाजिक सुरक्षा भत्तालाई डबल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । हरके वर्ष सामाजिक सुरक्षा भत्ता एक हजारका दरले बढाउँदै लैजाने उहाँले प्रष्ट पार्नुभयो । एमाले र मतदाताको बिच माया, ममता र सद्भाव रहको उहाँले बताउनुभयो । गठबन्धनका उम्मेदवारहरु पैसा लिएर आए पनि एमालेका मतदाता तलमाथि नहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।