Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले सरकारको पहिलो बजेटमा तिल्पुङ–धोबी–ढाँडे सडक पिच :- ढुङ्गेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले लोकतन्त्रको रक्षाको लागि एमालेलाई भोट दिन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले रामेछापले मंगलबार रामेछापको धोबी बजारमा आयोजना गरेको चुनावी सभामा बोल्दै नेता प्रतिनिधि सभा सदस्यका उम्मेदवार ढुङ्गेलले आफूहरू एमालेको मात्र नभएर लोकतन्त्रका पक्षधर कांग्रेस, माओवादी, राप्रपा लगायतका दलको उम्मेदवार पनि भएको बताउनुभयो । हाम्रो उम्मेदवारी समृद्ध नेपाल सुखी नेपालीको लागि हो, गठबन्धनको उम्मेदवारी एमाले हराउनको लागि मात्रै’, ढुङ्गेलले भन्नुभयो ।

अहिलेको गठबन्धन जुन जुन दलको भने पनि त्यो कांग्रेस भएको उहाँले बताउनुभयो । गठबन्धनमा जानेहरू माओवादीको कित्तामा गएको उहाँले प्रस्ट्याउनुभयो । ‘कांग्रेसको कित्तामा माओवादी गयो, एमालेको गठबन्धन जनतासँग, कांग्रेसको गठबन्धन माओवादीसँग, माओवादीको गठबन्धन कांग्रेससँग’, उहाँले भन्नुभयो ।

एमाले विकासको पर्याय भएको बताउँदै ढुङ्गेलले अब आउने एमाले सरकारको पहिलो बजेटमा तिल्पुङ–धोबी–ढाँडे सडक पिच गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै एक घर एक धाराका कार्यक्रम कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । दक्षिणी भेगको सुक्खा क्षेत्रमा नदीको पानी लिफ्ट गरी पानी पुर्‍याउने कार्यलाई थप अघि बढाउने ढुङ्गेलले बताउनुभयो ।

एमाले जनताको पक्षमा र जनता एमालेको पक्षमा रहेकोले एमालेलाई कसैले हराउन नसक्ने ढुङ्गेलले बताउनुभयो । ‘एमालेलाई शेरबहादुर र प्रचण्डले त के अमेरिका र भारतले पनि हराउन सक्दैन’, ढुङ्गेलले भन्नुभयो । एमालेसँग नीति र योजना भएकोले जनताको बिचमा उसले योजना र कार्यक्रम लिएर जाने उहाँले बताउनुभयो । कांग्रेसको झोलामा ब्वायलर कुखुरा भएकोले अहिले त्यसैको मासु बोकेर जनताको बिचमा गएको ढुङ्गेलले बताउनुभयो ।

आफूसँग सीडीयो, पुलिस वा पैसा छ भन्ने भ्रममा नपर्न उहाँले गठबन्धनका उम्मेदवारलाई चेतावनी दिनुभयो । एमाले उम्मेदवारलाई जनताले लगाइदिएको माला कसैले चुँडाउन नसक्ने उहाँले बताउनुभयो । एमाले माथि कसैले धावा बोले त्यसको सशक्त प्रतिवाद गर्न उहाँले निर्देशन दिनुभयो । त्यसको जिम्मा पार्टीको जिल्ला इञ्चर्जकाे हिसाबले आफूले लिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४