Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

याेजना आयाेगद्वारा नयाँ मापदण्ड बनाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ११ २०७९
  • 1.4K
    SHARES

काठमाडाैं । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शीघ्र कार्यान्वयनका लागि वन क्षेत्रको जग्गा सहजरूपमा उपलब्ध गराउन नयाँ मापदण्डको तयारी गरेको छ । वन नियमावली २०७९ सँग तादम्य हुने गरी नयाँ मापदण्ड बनाउन लागिएको हो ।

राष्ट्रिय योजना आयोगका तत्कालीन् उपाध्यक्ष डा.विश्वनाथ पौडेलले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शीघ्र कार्यान्वयनका लागि वन क्षेत्रको जग्गा सहजरूपमा उपलब्ध गराउन यस्तो मापदण्ड बनाउने निर्णय गर्नुभएको थियो ।वन क्षेत्रको जग्गाको उपलब्धतामा कठिनाइका कारण राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाकै कार्यान्वयनमा ढिलाइ हुने गरेकाले त्यस्तो ढिलासुस्ती अन्त्य गर्न नयाँ मापदण्ड बनाएर काम गर्न लागिएको आयोगले जनाएको छ । नयाँ मापदण्डले वन क्षेत्रको संरक्षण गर्दै आयोजना कार्यान्वयनमा सहजता ल्याउने आयोगको भनाइ छ ।

वन क्षेत्रको जग्गा प्राप्तिमा कठिनाइ हुँदा आयोजना कार्यान्वयनमा ढिला हुने गरेको छ । महाकाली सिँचाई आयोजना लगायतका केही ठूला आयोजनाले यस्तो समस्या व्यहोरिरहेका छन् ।

सरकारले निजी क्षेत्रबाट निर्माण हुने ठूला पूर्वाधारमा पनि वन क्षेत्रको जग्गा सहज प्राप्तिको व्यवस्था गर्न लागेको छ । निजी क्षेत्रका लागि सम्बन्धित मन्त्रालयले वन मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय वनको जग्गा उपयोग गर्न सक्ने व्यवस्था मापदण्डमार्फत गर्न लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४