Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ११ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् ।

उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिका ज्वाइँ हुन् । उनले २००९ मा अक्षता मूर्तिसँग बिहे गरेका थिए ।

ऋषि सुनक, बोरिस जोन्सनको मन्त्रिपरिषदमा वित्तमन्त्री थिए । उनले प्रधानमन्त्री बनेपछि देशको अर्थ व्यवस्था मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।

ऋषि योर्कासायरको रिचमण्डबाट सांसद चुनिएका थिए । उनी भारतीय मूलको तेस्रो पुस्ता हो । उनका हजुरबुवा–हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरावाला शहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समय त्यहाँ बसेर इंगल्याण्डको साउथह्याप्टन आएर बसे ।

उनका पिता यशवीर सुनक डाक्टर हुन् भने आमा उषा सुनक फार्मासिस्ट हुन् । उनकी पत्नी अक्षता मूर्ति बेलायतकै सबभन्दा धनी महिलाहरुको सूचीमा पर्छिन् । उनी पत्नीको करसम्बन्धी विवादमा परेका थिए भने लकडाउनको नियम उल्लंघन गरेकोमा जरिवाना तिर्नु परेको थियो ।

उनले एसियाली पहिचान आफ्ना लागि अर्थपूर्ण भएको बताउने गरेका छन् । आफ्नो वेबसाइटमा ऋषिले लेखेका छन्, ‘मेरा मातापिताले धेरै त्याग गरेका छन्, ताकि म राम्रो स्कुल जान सकुँ । म भाग्यमानी थिएँ कि मैले विनचेष्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएँ ।’

अक्सफोर्डमा दर्शन, राजनीति र अर्थशास्त्रको पढाइ गरेका उनी राजनीतिमा आउनु अगाडि उनले बैंकमा काम गरेका थिए । उनले युरोपियन युनियनबाट अलग हुने नहुने बारे भएको जनमत संग्रहमा पक्षमा प्रचार गरोक थिए र उनको संसदीय क्षेत्रमा ईयू छाड्ने पक्षमा ५५ प्रतिशत जनताले मत दिएका थिए ।

बेलायतमा प्रधानमन्त्रीपछि वित्तमन्त्री पद दोस्रो ठूलो मानिन्छ । वित्त मन्त्रीका रुपमा उनले राम्रो काम गरेका कारण पनि भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको थियो ।
उनी ६ साता पहिले पनि प्रधानमन्त्रीको दौडमा थिए । बोरिस जोनसनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि उनले पनि दाबी गरेका थिए । तर लिज ट्रस प्रधानमन्त्री बनिन् । उनले ४५ दिनमै राजीनामा दिएपछि ऋषि फेरि दौडमा आए ।

यो पटक बोरिस जोनसन फेरि प्रधानमन्त्री बन्न चाहेको चर्चा थियो, जेरेमी हन्टको नाम पनि आएको थियो । तर दुबै प्रधानमन्त्रीको दौडमा औपचारिक रुपमा सहभागी भएनन् ।

पेनी मोर्डन्टले आधिकारिक रुपमा दाबी पेश गरेकी थिइन् । तर अन्तिम समयमा आफ्नो दाबी फिर्ता लिएपछि ऋषि एसियाली मुलका पहिलो बेलायती प्रधानमन्त्री बन्ने पक्का भयो । सर ग्राहम ब्रेन्डीले यसको औपचारिक घोषणा गरे ।

ऋषि बेलायतको प्रधानमन्त्री हुनुलाई कतिपयले २००८ मा बाराक ओबामा अमेरिकाको राष्ट्रपति बन्नु जस्तै भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४