Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाणिज्य बैंकहरुको खुद मुनाफा साढे ४९ अर्ब नाघ्यो,समग्र मुनाफा आर्जनमा नविलले मार्यो बाझी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ९ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपमा ब्याजदर बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामक निकाय राष्ट्र बैंकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दवाव दिइरहेका छन् ।

वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका छन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारसमक्ष आग्रह पनि गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो । ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा पनि सकारात्मक प्रभाव देखिएको छ ।

वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज मुनाफा २८ दशमलव ४४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुले चालु आवको त्रैमासमा ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार ब्याज मुनाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार थियो ।

चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट मुनाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । बैंकले यस अवधिमा तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिल बैंकको ब्याज मुनाफा दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो ।

ब्याजबाट बढी मुनाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक दोस्रो र ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा छन् । यी दुई बैंकले असोज मसान्तसम्ममा क्रमशः तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र रु तीन अर्ब २० करोड २७ लाख चार हजार खुद ब्याजबाट मुनाफा कमाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज मुनाफा तीन अर्ब १८ करोड ३८ लाख ९९ हजार छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले क्रमशः दुई अर्ब १२ करोड ९५ लाख, दुई अर्ब १२ करोड ८५ लाख र दुई अर्ब पाँच करोड ४२ लाख ब्याजबाट मुनाफा आर्जन गरेका छन् ।

प्रभु र कुमारी बैंकले रु एक अर्ब ९७ करोड कमाएका छन् भने नेपाल बैंक लिमिटेडले एक अर्ब ९० करोड खुद ब्याजबाट मुनाफा गरेको छ । एभरेस्ट बैंक र प्राइम कमर्सियल बैंकले एक अर्ब ८८ करोड ब्याज मुनाफा आर्जन गरेका छन् । साथै, कृषि विकास बैंकले एक अर्ब ८३ करोड, हिमालयन बैंकले एक अर्ब ८० करोड र मेगा बैंकले एक अर्ब ७९ करोड खुद ब्याज मुनाफा आर्जन गर्न सफल भएका छन् ।

समीक्षा अवधिमा सानिमा बैंकको ब्याज मुनाफा आर्जन एक अर्ब ६० करोड छ भने लक्ष्मी बैंकको एक अर्ब ५१ करोड छ । माछापुच्छ्रे, सिटिजन्स र सनराइज बैंको ब्याज मुनाफा क्रमशः एक अर्ब ४७ करोड, एक अर्ब ४५ करोड र एक अर्ब ४३ करोड छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक अर्ब ४१ करोड, नेपाल एसबीआई बैंकले एक अर्ब २९ करोड, बैंक अफ काठमाण्डूले एक अर्ब २२ करोड, सिभिल बैंकले एक अर्ब १५ करोड र एनसीसी बैंकले एक अर्ब १२ करोड खुद ब्याज मुनाफा गरेका छन् । त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम एक अर्ब ७ करोड ६२ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी ब्याज नाफा बढाउनेमा एभरेष्ट बैंक छ । एभरेष्ट बैंकले गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा ४२ दशमलव नौ प्रतिशतले ब्याज मुनाफा बढाएको छ । त्यस्तै, लक्ष्मी बैंकले ४१ दशमलव तीन प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ३९ दशमलव ९४ प्रतिशत र नबिल बैंकले ३९ दशमलव चार प्रतिशतले ब्याज मुनाफा बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत रहेकामा २०७९ भदौमा १० दशमलव एक प्रतिशत छ । २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव छ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४