काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ ।
रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको छ ।
एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरर्गतको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने सूचना उल्लेख छ । मन्त्रालयको सूचना अनुसार इच्छुकले info@mohp.gov.np मा यही १६ गतेसम्म आवेदन दिनु पर्ने छ ।
