Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाइटीकामा थरीथरीका माला, कति पर्छ मूल्य ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 2.6K
    SHARES

नेपाल फ्लोरीकल्चार एसोसिएसनकाअनुसार तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने अनुमान गरिएको छ ।

काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको गोल्ड गणपति गिफ्ट एण्ड सपले तिहारका लागि माला बिक्री गरिरहेको छ । यहाँको पसलमा सयपत्री, गोदावरी, मखमली गरी तीन प्रकारका फूलबाट भाइटीकको माला बनाइन्छ । पसलका सञ्चालक शिव मर्हजनकाअनुसार तीन प्रकारका फूलमा गुलाव, जरी र गोदावरी राखेर मालालाई थप आकर्षक बनाइन्छ ।

भाइटीकाका लागि ग्राहकको रोजाइ, डिजाइन र मूल्यका आधारमा बन्ने यस्ता माला विभिन्न थरीका हुन्छन् । सामान्य अवस्थामा मखमली मात्रै, सयपत्री मात्रै र गोदावरी मात्रैको पनि माला हुन्छ । मालाको मूल्य यसको लागतका आधारमा तय हुने मर्हजन बताउँछन् ।

उनको पसलमा ४० रुपैयाँदेखि २५ सय रुपैयाँसम्म पर्ने मालाहरु छन् । ‘भाइटीकाका लागि ८० देखि १०० रुपैयाँ गोटामा सयपत्री, मखमली ४० रुपैयाँ गोटा, गुलाब हालेको सयपत्री प्रतिगोटा ६५०, गोदावरी र सयपत्रीको मखमलीको ५५० पर्छ भने आकर्षक डिजाइनको भाइटीका माला २ हजार ५ सयसम्मको हुन्छ ।

फाइल तस्वीर

जाउलाखेलमा रहेको द फ्रेस प्लावर सपले ४० देखि ३०० रुपैयाँसम्मको भाइटीका माला बेच्छ । आकर्षक डिजाइनसहितको माला ग्राहकको मागअनुसार बनाउन सकिने पसलका सञ्चालक सिताराम पन्त बताउँछन् । उनको पसलमा सुपारी फूलको माला ४० देखि ५० रुपैयाँ पर्छ, ८० देखि एक सय रुपैयाँ सयपत्री मालालाई पर्छ । यस्तै भाइटीकाको ताजा मालालाई ३०० रुपैयाँ भन्दा बढी पर्न सक्ने पन्त बताउँछन् ।

कमलादीमा रहेको फ्रेन्स एन पेटल्स पुष्प पसलले तिहारका लागि मालाका तयारी गरेको छ । पसलकी सञ्चालिका सुष्मा खड्काकाअनुसार मंगलबारदेखि भाइटीकाको फूलको मालाको बिक्री सुरु गर्ने छ । उनको पसलमा ५० रुपयाँदेखि २५ सयसम्मका माला पाइन्छ । ‘मखमली फूलको मालालाई ५० रुपैयाँ पर्छ, सयपत्री मालाको मूल्य ८० रुपैयाँदेखि सुरु हुन्छ, भने गुलाफ हालेको आकर्षक मालालाई डिजाइन र बजेटअनुसार २ हजार ५ सय रुपैयाँसम्म पर्छ,’ खड्काले भनिन्, ‘माला किन्नका लागि ग्राहकले अहिल्यै अर्डर गर्न सकिने छ ।

फाइल तस्वीर

बजारमा अहिले नेपाली र भारतीय गरेर दुई प्रकारका फूलहरु भित्रिएको नेपाल फ्लोरीकल्चर एसोसिएसनले जनाएको छ । नेपाली कृषकले ल्याएको माला फ्रेस छ भने भारतबाट आएको माला कोल्ड स्टोरमा राखेर ल्याइएको हुँदा बिग्रन सक्ने जोखिम रहेको एसोसिएसनका उपाध्यक्ष सिताराम पन्त बताउँछन् । कोल्ड स्टोरमा राखिएको फूल लामो समय नटिक्ने, कुहिने, गन्हाउने हुनसक्ने पन्तको भनाइ छ । सकेसम्म नेपाली किसानले नै बिक्रीका लागि ल्याएको ताजा फूल किन्न उनले सुझाव दिए ।

कमलादीमा रहेको फ्रेन्स एन पेटल्स पुष्प पसलकी सञ्चालिका सुष्मा खड्का भाइटीकाका लागि आजैदेखि माला अर्डर गरेर किन्न र आफै सुरक्षित गर्न सकिने बताउँछिन् । काठमाडौं बाहिर जाने, वा पहिल्यै किन्न चाहनेले माला किनेर फ्रिजमा सामान्य स्टोर गरेररै राख्न सकिने खड्काले बताइन् । सामान्यतय तिहारकै दिन बिहान वा अघिल्लो दिन माला किने पनि हुन्छ तर आज भोलिमै किने पनि माला बिग्रिंदैन ।

नेपाल फ्लोरीकल्चार एसोसिएसनकाअनुसार तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४