Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् ।

नेपाली कांग्रेसले शनिबार विहान काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्ने क्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिए आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन् ।

‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो । त्यहाँ हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’, वाग्लेले भने ।

तर आफूले कांग्रेस नछाड्ने वाग्लेले बताए । ‘मलाई पार्टीभित्रै गर्न सकिन्छ भन्ने छ । पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ । गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन । पार्टी भित्रै लडेर महामन्त्री हुनुभयो’, उनले भने ।

नेपाली कांग्रेसबाट चितवन-१ का प्रतिनिधिसभा उम्मेदवारको आकांक्षी रहेका वाग्लेले अन्तिममा टिकट भने पाएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४