Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थली नगरमा सत्ता गठबन्धनको चुनाब परिचालन समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ४ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा सत्ता गठबन्धनले मन्थली नगरपालिकामा नेपाली काँग्रेसका नगर सभापति शंकर प्रसाद अधिकारीको संयोजकत्वमा नगर स्तरीय चुनाव परिचान समिति गठन गरेको छ ।

शुक्रबार मन्थलीमा बसेको नेपाली काँग्रेस र माओवादीका नगर तथा जिल्ला स्तरका नेता हरुको संयुक्त बैठकले अधिकारीलाई संयोजक र माओवादी केन्द्रका राम तामाङ लाई सह संयोजको जिम्मेवारी दिएको हो ।

समितिमा दुबै पार्टिका नगरका पदाधिकारीहरुलाई सदस्य कायम गरिएको छ भने जिल्लास्तरीय नेताहरुलाई सल्लाहकार बनाउने निर्णय भएको छ ।
बैठकले चुनावी रणनिति बनाउनुका साथै कार्तिक ४ गते देखि ८ गते सम्ममा नगरका १४ वटै वडामा गठबन्धनको संयुक्त बैठक राखि वडा स्तरीय चुनावी परिचालन समिति बनाउने समेत निर्णय भएको छ ।

त्यसैगरी मतभारमा आधारमा मन्थली नगरपालिकाका १४ वडा मध्ये वडा नं २, ५, ११ र १४ वडामा माओवादी केन्द्रको संयोजकत्व र बाँकी वडामा नेपाली काँग्रेसको संयोजकत्वमा वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको छ ।

बैठक नेपाली काँग्रेसका नगर सभापति शंकरप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४