Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकको जीवन स्तर उकास्ने गरी काम गर्न सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । रामेछापको रामेछाप नगरपालिकाले आफूले सम्पादन गर्ने कामलाई थप प्रभावकारी बनाउन रामेछापका पत्रकारहरूसँग सुझाव लिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले बुधवार जिल्लाका पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरी नगरको विकास गर्न सकिने आधारहरूका बारेमा सुझाव लिनुभएको हो ।

रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि पौडेलले पत्रकारहरूसँग भेटघाट गरी सुझाव लिनुभएको हो । कार्यक्रममा पत्रकाहरुले स्थानीय सरकार बनेपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, कृषि लगायतका क्षेत्रमा केही सुधार भएजस्तो देखिए पनि नागरिकको जीवन स्तर अहिले पनि उस्तै रहेको बताएका छन् । नगरपालिका भित्रका विभिन्न गाउँ बस्तीहरूमा बसोबास गर्ने नागरिकको जीवन स्तरमा अझै स्थानीय सरकारले परिवर्तन ल्याउन नसकेको पत्रकाहरुको गुनासो छ ।

पछाडि परेका वा पारिएका नागरिकहरूको जीवन स्तर उकास्ने र आन्तरिक आय वृद्धि गर्ने खालका योजनाहरू बनाउन पत्रकाहरुको नगरपालिकालाई सुझाव छ । पत्रकार टिकाप्रसाद भट्टले रामेछाप नगरपालिका कोसे बाली, जुनार उत्पादन र बाख्रा पालनको राम्रो सम्भावना भएको स्थानीय तह भएकाले यस्ता कुराहरूको उत्पादन बढाउने र उत्पादित बस्तुहरूको गुणस्तरलाई पनि वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

हेर्दा नगरपालिकाले बनाएको रणनीतिक योजना राम्रो भए पनि वार्षिक रूपमा ल्याउने नीति, कार्यक्रम र बजेट रणनीतिक योजना विपरीत रहेको उहाँले बताउनुभयो । ‘नगरपालिकाले वार्षिक रूपमा ल्याउने नीति, कार्यक्रम र बजेट नगरले बनाएको रणनीतिक योजना अनुसार हुनुपर्ने हो, तर यहाँ यस्तो हुन सकेको छैन, केही ठाउँमा गरिएको सडक कालोपत्रे पनि गुणस्तरहीन छन्’ उहाँले भन्नुभयो ।

पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्रीनयाँघरेले नगरपालिकाको कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन अनुगमन प्रणालीलाई थप बलियो बनाउन सुझाव दिनुभयो । ‘नगरपालिकाको अनुगमन प्रणाली बिरालो बाँध्ने जस्तो छ, सडक कालोपत्रे लगायतका योजनाहरूको काम गुणस्तर हीन बन्दा नगरले गर्ने कामप्रति नागरिकको विश्वास कम हुँदै गएको छ’, उहाँले भन्नुभयो । सेतो सुन भनिने बालुवा गिट्टी ढुङ्गा लगायतका सामाग्रीमा र नगरभित्र सञ्चालित सबै व्यवसायहरुलाई पनि करको दायरामा ल्याएर आन्तरिक आय वृद्धि गर्न उहाँको सुझाव छ ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले अहिले रामेछाप नगरपालिकाको आन्तरिक आय एक करोड भन्दा कम रहेको बताउनुभयो । स्थानीय स्रोत साधनको समुचित प्रयोग गरेर कसरी हुन्छ आन्तरिक आय वृद्धिमा आफ्नो ध्यान जाने उहाँले बताउनुभयो । नगरपालिकाको सबै योजनाहरूलाई गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्नका लागि अनुगमन संयन्त्रलाई थप कडा पार्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नगरको विकास र समृद्धिमा सञ्चार जगतको ठुलो भूमिका रहेकाले नगरले गर्ने कामलाई नजिकबाट नियालेर धेरै भन्दा धेरै सुझावहरू दिन उहाँले पत्रकारहरूलाई आग्रह पनि गर्नुभयो ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४