Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापका प्रहरी प्रमुख र ट्राफिक प्रमुख प्रदेशद्वारा सम्मानित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख डिएसपी राजकुमार थिङ्गलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६७ औ प्रहरी दिवसका अवसर पारेर सम्मानित गरेको छ । उहाँलाई प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले नगद पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो ।

नेपाल प्रहरी सेवामा प्रवेश गरेदेखि नै प्रहरीको संगठनलाई मर्यादित र ब्यवस्थित बनाउँने अभियानमा अब्बल भुमिका निभाउनु भएका डिएपी राजकुमार थिङ्गले जिल्लामा रहदा पनि प्रहरी संगठनको शिर उचो बनाउने अभियानमा उत्कृष्ठ काम गरेको भन्दै औपचारिक कार्यक्रमका विच सम्मान गरिएको हो ।

सालिन र मिलनसार स्वाभाबका डिएसपी थिङ्गले रामेछापको प्रमुख भएर आएदेखि नै समग्रमा जिल्लाको शान्ति सुरक्षा तथा अमन चयन,तथा शु-सासन र नागरिकको सरोकार संग जोडिएका सबालहरुमा पनि अब्वल र समन्वयात्मक भूमिका निर्वाह गर्दै आउनु भएको भन्दै जिल्लामा पनि उहाँले स्यााबसि नै पाउँदै आउनुभएको छ ।

सोहि कार्यक्रममा ट्राफिक प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्र कुमार फाँजु श्रेष्ठ सम्मानित हुन भएको छ । उहाँ पनि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्धारा ६७ औ प्रहरी दिवसका अवसरमा सोमबार सम्मानित हुनु भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले श्रेष्ठलाई उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न सफल भएको भन्दै सम्मान गरेको हो । रामेछाप जिल्लामा कुसलता पुर्वक पेशागत मर्यादालाइ आत्मासाथ गरि सवारी दुर्घटना न्यूनिकरण गरि जिल्लाको समग्र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भुमिका निर्वाह गर्न सफल भएको भन्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उहाँलाई सम्मान गर्नु भएको हो ।

उहाँहरु संगै बागमति प्रदेश अन्र्तगतका ९ जना प्रहरीलाई नगद र १७ जना प्रहरी कर्मचारीलाई नगद र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । डिएसपी राजकुमार थिङ्ग र ट्राफिक प्रमुख श्रेष्ठ जिल्लाको सोहि दिनको कार्यक्रममा सरिक भएर सम्मान तथा पुरस्कार ग्रहण गर्नका लागि सोमबारै हेटौडा पुग्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४