Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घनश्यामजीले टिकटको आशै गर्नुभएको थिएन, दलित उम्मेदवार हराउन लाग्नुभो : पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 4.2K
    SHARES

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टीका पूर्वउपमहासचिव तथा स्थायी कमिटी सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दिएको बारे मुख खोलेका छन् ।

पोखरेलले भूसाल वैचारिक सैद्धान्तिक पकड राख्ने अध्येता भए पनि गलत निर्णय गरी पार्टी छाडेको प्रतिक्रिया दिए ।

उहाँले टिकटको आशै गर्नुभएको थिएन । एक महिनाअघि पार्टीको रुपन्देही जिल्ला कमिटीले कार्यकर्ता र समर्थकहरुसँग सांसद तथा जनप्रतिनिधिहरुको अन्तर्क्रिया राखेको थियो । त्यसमा उहाँ जाँदै जानुभएन,’ उनले भने, ‘नियतवश उहाँलाई टिकट नदिएको होइन, राप्रपाका लागि छाड्नुपर्ने भएकाले त्यसो गर्नुपर्‍यो ।

उहाँ साँच्चिकै साहसी नेता भएको भए पहिले जितेकै क्षेत्रमा स्वतन्त्र उठ्नुपर्थ्यो । दिपक बोहरा र बालकृष्ण खाँणविरुद्ध नै उठ्ने हिम्मत गर्नुपर्थ्यो । तर उहाँ त पहिलेको क्षेत्र छाडेर अन्त लाग्नुभयो, नेपालमा पछि परेको दलित समुदायबाट पाटीले अगुवा नेतालाई उम्मेदवार उठाउँदा त्यसकै विरुद्धमा उभिनुभयो । भूसालले आफ्नै सैद्धान्तिक अडान र आदर्शबाट विचलित हुनुभयो ।’

एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति गरिसकेपछि पनि संसद तथा अन्य मञ्चहरुमा पार्टी नेतृत्वको निर्णयविरुद्ध उभिने काम गरेको भन्दै उनी टिकटका लायक नभएको टिप्पणी पोखरेलको छ । उनले प्रभु साह सत्ता गठबन्धनबाट परिचालित भएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४