Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज १७ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । आज मिति २०७९ असोज ३० गते, आइतवार, १६ अक्टोबर २०२२ को राशिफल यस्तो रहेको छ । आज कार्तिक कृष्णपक्ष षष्ठी तिथि रहेको छ । प्रातः ६ः०६ बजेदेखि सप्तमी तिथि लाग्ने छ । आजको पात्रो : ३० असोज २०७९, आइतबार । तद्नुसार १६ अक्टुबर २०२२ । कार्तिककृष्णपक्ष षष्ठी, बणिज करण, आन्द्रा नक्षत्र परिध योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३४ मा हुनेछ । आइतबार सूर्योदयको दर्शन गरेर दिनको यात्रा शुरुवात गर्दा शुभ हुनेछ । आज ११ः२७ देखि १२ः१३ सम्मको समय अभिजित महूर्त रहेको छ । यो समयमा गरेको काम शुभ हुनेछ । आजका देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ । आइतबार सरकारी कामकाज शुरुवात गर्दा शुभ हुनेछ । साताका पहिलो दिन भएकाले सरकारी काम आइतबार शुरु गर्दा साताभित्र सकिन्छ । आजको दिन व्यापार व्यवसाय आदि कामका लागि त्यति उपयुक्त देखिदैन । 

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। फजुल खर्च बढ्नेछ र काममा पनि समस्या आउन सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। रोकिएको काम बन्न थाल्नेछ। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। आम्दानी भए पनि धन संग्रहमा बाधा पुग्नेछ। बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमफिर तथा मनोरञ्जनको समय छ। तर अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले व्यर्थैमा दुःख पाइनेछ। निम्ताे प्राप्त भए पनि आतिथ्य खर्चिलाे बन्नेछ। फाइदा लिन काम दोहोर्याउनुपर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको सफलताले हौसला जगाउनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्, मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीलाई हराउँदै उपलब्धि हातपार्न सकिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। प्रयत्न गर्दा पहिले फसेको रकम उठाउन सकिनेछ। सामान्य काम बन्नेछन् तर पहिलेकाे साख जाेगाउन अलि कठिन पर्नेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिकर्मबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। अरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४