Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 7.1K
    SHARES

सोलुखुम्बु ।सोलुखुम्बुको लिखुपिके गाउँपालिका बाट संचालन हुँदै अाएको सप्तरङ्गी कार्यक्रमको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न भएको छ ।

सप्तरङ्गी कार्यक्रम गत बर्ष फुलपातिको दिनबाट सुरुवात भएको थियो । उक्त सप्तरङ्गी कार्यक्रम समर्पण सञ्चार प्रा.लि मार्फत सञ्चालन हुदै अाएको समर्पण सञ्चार प्रा.लिका अध्यक्ष विष्णु खड्काले जनप्रहार प्रतिनिधि पुष्कर खड्कालाई जानकारी दिनु भयो ।

अध्यक्ष खड्काले दिएको जानकारी अनुसार नवप्रतिभालाई प्रोत्साहान अग्रजलाई सम्मान गर्दै उज्यालो लिखुपिके उज्याल्यो नेपालको अभियानलाई सार्थकता दिँदै सञ्चालित कार्यक्रम सप्तरङ्गीको पहिलो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न भएको कार्यक्रमका संचालक विष्णु खड्काले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार सप्तरङ्गी कार्यक्रम लिखुपिके गाउँपालिकाको समिक्षा हलमा अाज भव्य रुपमा सम्पन्न भएको हो । सो कार्यक्रमा लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना बस्नेत कार्कीले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले कार्यक्रम सप्तरङ्गी लिखुपिकेको मात्रै नभएर सोलुखुम्बु जिल्लाकै एक चिनारी भएकाले यस कार्यक्रमलाई ब्यक्तिगत तर्फबाट र समग्र गाउँपालिकाको तर्फबाट सगरमाथाको उचाई पुर्याउन सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी वडा नं- ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले सो कार्यक्रममा बोल्दै सप्तरङ्गी कार्यक्रम स्थापना सँगै लुकेर बसेका हरेक समुदाय ,भाषाभाषीको संस्कृति संरक्षणमा समेत थप सहयोग तथा टेवा पुग्ने बताउनुभयो ।

सप्तरङ्गी कार्यक्रममा वडा सदस्य, तथा बिभिन्न संघ सँस्थाका प्रमुख एंवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति दर्शक तथा श्रोताहरुले सप्तरङ्गीको उत्तरउत्तर प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।

सोलुखुम्बु जिल्लाको पनि एक बिगट गाउँपालिका लिखुपिके गाउँपालिकाबाट यो कार्यक्रम सञ्चालनमा आउनु कम चुनौती नभएको अधिकांश उपस्थितिहरुको भनाई रहेको थियो । राष्ट्रिय रुपमा कलाकारितामा र पत्रकारितामा नाम चिनाईसकेका यस क्षेत्रका कलाकार तथा पत्रकार बिष्णु खड्काले यो कार्यक्रम गर्ने आँट गरेकोमामा पत्रकार खड्का सँधै धन्यवादको पात्र बन्ने गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४