Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशैं मान्न गाउँ फर्किनेको भीड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । काठमाडौंका विभिन्न नाकाहरुबाट दशैं मान्नका लागि उपत्यका छाड्नेहरुको भीड लागेको छ ।

खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि यात्रुहरुको अत्याधिक भीड लागेको हो । सार्वजनिक यातायात र नीजि सवारी साधनहरुको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् । सवारी साधनभित्र यात्रुहरु भरिभराउ देएिका छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरुको लाइन पनि लामो देखिएको छ । धेरै सवारी साधन चलेका कारण यात्रुहरुले उपत्यका छोड्न मात्रै पनि घण्टौँ जामको समस्या भोग्नु परेको छ ।

दैनिक हजारौंको संख्यामा मानिसहरुले काठमाडौं उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरुको संख्या बढेको छ । अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारण मानिसहरुको आवत्जावत्मा समस्या भएपनि यस वर्ष भने निर्वाध रुपमा मानिसहरु आवत्जावत् गरिरहेका छन् । यात्रुहरुले टिकट नपाउने समस्या भोग्नु परेको गुनासो गरेका छन् । त्यसैगरी लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको पनि यात्रुले गुनासो गरेका छन् ।

काठमाडौंको कोटेश्वरबाट वीपी राजमार्ग हुँदै चल्ने सवारी साधन र काठमाडौंको बल्खुबाट दक्षिणकाली हुँदै उपत्यकाबाट बाहिरिने सवारी साधनमा पनि त्यतिकै भीड रहेको छ । विभिन्न कामको शिलशिलामा उपत्यका आएर बसोबास गरेकाहरुले आफूहरुलाई दशैं मान्नका लागि कतिबेला आफ्नो घर पुगिएला भन्ने उत्साह जागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४