Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पिङ हाल्ने र खेल्ने परम्परा लोप हुँदै रामेछाप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 13.6K
    SHARES

काठमाडौं । केही वर्ष अघिसम्म रामेछापका विभिन्न गाउँबस्तीमा दसैँको अवसरमा जताततै लिङ्गे पिङ हालिन्थ्यो । जाते पिङ, रोटेपिङ र लिङ्गे पिङ मुख्य आकर्षणको रुपमा हुन्थे ।

तर हिजोआज भने पिङ खेलेर दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । जिल्लाका विभिन्न बजार तथा गाउँ बस्तीमा दसैं तिहारका बेला लिङ्गे पिङ र चङ्गा उडेको देख्न पाइन्थ्यो । गाउँगाउँमा लिङ्गे पिङ बनाउन युवा पुस्ता नै अघि सर्ने गर्थे  आजभोली अलि फरक भएको छ ।

अहिले भने पिङको रौनक हराउदै गएको छ । २० वर्षअघिसम्म गाउँगाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरेतापनि अहिले पिङको नाम मात्र लिनु परेको अघिल्लो पुस्ताका नागरिक सुनाउँछन् ।

बाबियो काटेर ल्याउने अनि लठ्ठे पिङ्ग राख्ने परम्परा भने कतै अझैँ देखिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मले दसैँँको दिन भुई छोड्नुपर्छ भन्ने मान्यताले पनि कतैकतै पिङ देख्न सकिन्छ ।

पछिल्लो समयमा चर्के, लिङ्गे पिङ हराउँदै जानुमा समाजमा यसप्रतिको आकर्षण घट्नु एउटा कारण बनेको छ । परम्परागत संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई जोगाउन युवा पुस्तासँगै स्थानीय सरकारले पनि चासो दिनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४