Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखा दरबारको फूलपाती यसरी पठाइयो काठमाडौं


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 3.8K
    SHARES

गोरखा । गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइएको छ । आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो ।

कोभिडका कारण अघिल्ला वर्ष सामान्य रुपमा फूलपाती पठाउने गरे पनि यस वर्ष भने तामझामका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए । ‘कोभिडले गर्दा दुई वर्ष सामान्य तरिकाले फूलपाती पठायौं,’ उनले भने, ‘तर यस वर्ष बाजागाजा सहित भव्य रुपमा पठाएका छौं ।

गोरखाबाट पठाइएको फूलपाती धादिङको जीवनपुरबाट काठमाडौंको टोलीलाई हस्तान्तरण गरिने छ । हनुमानढोकाबाट फूलपाती संकलनका लागि धादिङको जीवनपुर आएको टोलीलाई हस्तान्तरण गरिने र सोही टोलीले जमल हुदै साँझ हनुमानढोका लैजाने प्रचलन रहेको भुषालले जानकारी दिए ।

शनिबार साँझ सुसारेहरुले गोरखा नगरपालिका आसपासको जंगलबाट संकलन गरेको फूलपाती हनुमानढोका पठाइएको हो । ‘नगरपालिकाको छिपछिपे फाँटमा हामीले केही जग्गा बारबेर गरेर राखेका थियौं, हिजो (शनिबार) साँझ सुसारेहरुले त्यहाँ क्षमा पूजा गरेर आसपासको जंगलबाट फूलपाती संकलन गर्नुभयो । त्यही फूलपाती आज बिहान ४ बजे गोरखा दरबार ल्याएर काठमाडौं पठाएका हौं,’ उनले भने ।

बेल, दारिम, अशोक, धान, सामा, केरा, हलेदो, उखु र जयन्ती फूलपातीमा समावेश भएको उनले जानकारी दिए ।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा फूलपाती काठमाडौं पठाइएको हो ।

नगर प्रमुख रानाले विगतदेखिको परम्परालाई निरन्तरता दिंदै फूलपाती पठाउने प्रचलन कायम राख्नाले इतिहासको समेत जगेर्नासँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए । इतिहास र संस्कृति जर्गेनाका लागि नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिडेर फूलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौं माथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ । आजै (आइतवार) साँझ बाजागाजा सहित हर्ष बढाइँका साथ गोरखा दरबारमा पनि फूलपाती भित्र्याइन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा नवपत्रिकाको नामले समेत चिनिने फूलपाती भित्राइन्छ । फूलपातीलाई शुभसाइत एवम् नौवटी देवीको प्रतीकको रूपमा लिइन्छ ।

फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४