Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“साइनबोर्डको शुल्क बुझाउन सरोकारवालाहरुलाई काठमाडौं महानगरको ताकेता”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 2.7K
    SHARES

‘एक महिनाभित्र शुल्क नबुझाए हटाउने चेतावनी’

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ ।

ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड राख्नेहरुले तीस दिनभित्र महानगरलाई शुल्क तिनुपर्ने छ ।

महानगरले आज शुक्रबार सार्वजनिक सूचना निकाल्दै अबको ३० दिनभित्र वडा कार्यालयमा साइनबोर्ड बापतको शुल्क तिर्न भनेको हो ।

छ वर्गफूटको एउटा साइनबोर्डको पाँच सय, १५ वर्गफुटको भए १५ सय तथा १५ वर्गफुटदेखि ३० वर्गफुटसमम्मको साइनबोर्ड भए प्रति वर्गफुट एक हजारका दरले शुल्क बुझाउन भनिएको छ ।

३० वर्गफुट भन्दा ठूलो साइनबोर्ड भने लगाउन नपाइने पनि महानगरले जनाएको छ ।

एक महिनाभित्र शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४