Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घटना रहस्यमय बन्दै दरबारको मर्सिडिज गाडी कसरी पुग्यो व्यवसायी राजेन्द्र खेतानको घरमा ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 10.4K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा सोमबार हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटिएको छ । विगतमा राजदरबारले प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि घटनास्थलमा उपस्थित सबै आश्चर्यमा परेका छन् ।

लक्ष्मी बैंकको बेसमेन्टमा लामो समयदेखी लुकाएर राखिएको उक्त गाडी बेसमेन्ट खाली गर्ने क्रममा भेटिएपछि एककान दुइकान मैदान भनेझै अहिले हुदाँ हुँदै  विभिन्न सञ्चार माध्यमहरुमा समाचार  बनेर फैलिएको छ । सोमबार नै सो गाडीलाई त्यहाँबाट निकालेर अन्यत्रै लगिएको छ ।

नेपालमा राजाले मात्रै चढ्ने उक्त गाडी कुनै ब्यबसायिक घरानाका व्यक्तिको बेसमेन्टबाट निकालिएपछि केही व्यक्तिहरुले र महानगरपालिकाका प्रहरीले त्यसलाई चासोका रुपमा लिएका छन् । धुलोमैलो भएको, टायरमा हावा नभएको र सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको सो गाडीलाई अहिले डोजरको सहायताले ट्रकमा राखेर अन्यत्रै लगिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार उक्त गाडीको नम्बर बा १ झ ६९० हो । गाडीको अघिल्लो नम्बर प्लेट निकालिएको छ । गाडीको नम्बर प्लेट सरकारी रहेको पाण्डेको भनाइ रहेको छ ।

‘त्यो कार दरबारको भन्ने कुरा हामीलाई शंका भयो, नम्बर चाहिँ अगाडिपट्टीको निकालिसकेको अवस्थामा थियो’, उनले भने, ‘पछाडिपट्टी बाँकी थियो तर कुच्चाइएको थियो ।

सबैले शंकास्पद एवं चासोका साथ हेर्दा हेर्दै गाडीलाई टेलरको सहायताले ट्रकमा हालेर अन्यत्रै लगिएको छ । महानगरपालिकाका प्रहरी प्रमुख पाण्डेले भने, ‘त्यो गाडी बेसमेन्टमा राखिएको रहेछ, हिजोमात्रै टेलर ल्याएर निकाल्ने काम गर्न लागे, अनि हामीले चियो चर्चा गर्न लाग्यौं’, पाण्डेले भने, ‘त्यसपछि त्यो गाडी कहाँ लगे/किन लगे भन्ने विषय उठ्यो, हामीले पनि फलो गर्ने अवस्था रहेन् ।

उनका अनुसार अहिले  उक्त गाडी व्यवसायी राजेन्द्र खेतानको घरमा राखिएको छ । दरबारको गाडी नै हो भनेर कसरी शंका गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रमुख पाण्डेले गाडीको नम्बर बा १ झ ६९० भएको र त्यो प्रकारको गाडी दरबारले मात्रै प्रयोग गर्ने गरेको बताएका छन् । ‘त्यो गाडी दरबारकै हो, खेतानको घरमा कसरी पुग्यो’, उनले अचम्मित हुँदै प्रश्न गरेका छन् । आफूहरुले दरबारसँग अनौपचारिक रुपमा पनि बुझेको बताएका छन् । दरवारले प्रयोग गर्ने गाडी व्यवसायी खेतानको घरमा कसरी पुग्यो भन्ने विषय अहिले सबै तिर चासोका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४