Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनको राजनीति सुरु भयो, कसैले राप्रपासँग गर्छन्, कसैले कांग्रेससँग : खनाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा गठबन्धनको राजनीति सुरु भएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नेपालमा गठबन्धनको राजनीति लामै समयसम्म जाने बताएका छन् । नेपालमा गठबन्धनको प्रक्रिया सुरु भयो । यो लामै समय जारी हुन सक्छ । किनभने एकल बहुमत ल्याउँछु भन्ने कुरा दुर्लभ हुन्छ । हामीमा बहुमत ल्याउँछु भन्ने आकांक्षा छ । तर व्यवहारिकतामा निकै कठिन छ’ उनले भनेका छन् ।

नेता खनालले अघिल्लो निर्वाचनमा वाम गठबन्धन गर्दा मुश्किलले दुई तिहाइ नजिकको बहुमत ल्याएको तर त्यो संयोग मात्र भएको बताएका छन् । उनले गठबन्धनप्रति नकारात्मक हुनुपर्ने कुनै कारण नरहेको पनि बताएका थिए । गठबन्धनसँग नकारात्मक हुनुपर्ने, यो गठबन्धन ! भनेर अर्कै ढंगले हेर्नुपर्ने छैन, कोही राप्रपासँग गठबन्धन गर्छन्, कोही कांग्रेससँग गर्छन्’ उनले भने, ‘कोही राजतन्त्रवादीसँग गर्छन्, कोही गणतन्त्रवादीसँग गर्छन्, गठबन्धन त सबैले गर्छन् ।

आफूले वामपन्थी मिलेर जाने प्रस्ताव गरेको तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण सम्भव नभएको खनालले बताएका छन् ।

‘मैले त भनेको थिएँ वामपन्थी मिलेर जाऔं । तर वामपन्थी भन्ने, सबैभन्दा ठूलो पार्टी हौ भन्ने नेताहरु नै एकताको पक्षमा छैनन्, एकताको सँग गर्छन् भन्दा राजतन्त्र वादीसँग । त्यो खालको चिन्तन छ’ उनले भनेका छन् । नेता खनालले अहिलेको पाँचदलीय गठबन्धन गणतन्त्रवादी गठबन्धन भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४