Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामी-सामी गीतमा नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै रश्मिकाले देखाइन भेट्ने इच्छा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २९ २०७९
  • 2.3K
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले हालै सामाजिक सञ्जालमा एक नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेकी छन् ।

ती बालिका आफ्ना साथीहरूसँग रश्मिकाको सुपरहिट गीत सामी-सामीमा नाच्दै गरेको देखिएकी थिइन् । बालिकाको एक्सप्रेशन र डान्सिङ स्टेप देखेर रश्मिकाको मन छोएको उनले बताएकी छन् ।रश्मिकाले सामाजिक सञ्जालमा ती बालिकाको भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘मेरो दिन बनेको छ, म यो प्यारी क्युटीलाई भेट्न चाहन्छु। म कसरी भेट्न सक्छु ?’

यो भिडियो रश्मिकाको फ्यानहरूले ट्विटरमा सेयर गरेका थिए। जसलाई रशिमकाले पनि देखेपछि आफ्नो ट्विटर ह्यान्डलबाट सेयर गरेकी हुन् ।

ती बालिकाले डान्स गरेको उक्त गीत रश्मिका अभिनित ब्लकबस्टर फिल्म ‘पुष्पा’ को हो । जुन फिल्ममा अभिनेता अल्लु अर्जुन रश्मिकाको अपोजिट मुख्य भूमिकामा देखिएका थिए ।

यो फिल्म प्यान इन्डिया रिलिज फिल्म थियो। जुन हिन्दी, तेलुगु, तमिललगायत सबै भाषामा सुपरहिट साबित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४